२ कात्तिक, काठमाडौं । आज लक्ष्मीपूजा, साँझ लक्ष्मीको विशेष उपसना गरियो । उज्यालो चाड तिहारमा लक्ष्मीको कृपाका लागि प्रज्वलन गरिएको दिपले आज गाउँ-शहर झिलिमिली छ ।
धपक्क बलेको काठमाडौं र आसपासका क्षेत्र हेर्न लायक छ । विगतका वर्षहरुमा दीपावलीमा पटक-पटक लाइन जाने समस्या हुन्थ्यो । तर, गत वर्षदेखि नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा लोडसेडिङ हटाएको छ ।
त्यसैले पुरै शहर निश्चिन्त भएर दीपावली मनाइरहेको छ । विभिन्न बत्ती र साजसजावटले जगमग बनेको छ, काठमाडौं ।
अँध्यारोमा लक्ष्मीको बास हुन्न भन्ने धार्मिक मान्यतालाई पछ्याउने हिन्दु समुदायले आफ्ना घरका कुनै कुनालाई पनि प्रकाशविहाी राखेका छैनन् । त्यसैले पनि पुरै शहर चहिकिलो बनेको छ ।
विभिन्न स्थानबाट काठमाडौं शहरलाई नियाल्दा तारामण्डलको नजिकै पुगेको जस्तो अनुभुति गर्न सकिन्छ ।
हामीले स्वयम्भु, सेतोगुम्बा, न्युरोड, दरवारमार्ग लगायतका क्षेत्रबाट दीपावलीमा देखिएको सुन्दर र जगमग काठमाडौंलाई तस्वीरमा कब्जा गरेका छौं । तस्वीर हेरेपछि तपाईंले पनि भन्नुहुन्छ-साँच्चिकै काठमाडौं अद्वितीय देखियो ।