डिएनए बनाएर डिएनए डे मनाइयो



खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) परिसरमा मंगलबार ठुलो आकारको डिएनए बनाइएको छ । डिएनए डेका अवसरमा डिएनएका विषयमा जानकारी दिन मानिसहरुले डिएनएको ठुलो आकृति बनाएका हुन । जैविक प्रविधि समाज नेपालले डिएनए डे मनाउने क्रममा विज्ञान पदयात्र समेत गरेको छ । डिएनए डेलाई समाजले दुई दिनसम्म प्रतिष्ठानमा मनाएको हो ।


जैविक विज्ञानमा विद्यार्थीको संलग्नता बढाउन र जैविक विज्ञानको महत्वका विषयमा प्रचार गर्न डिएनए दिवस मनाइएको हो ।
हरेक बर्ष अप्रिल २५ मा डिएनए दिवस मनाउने गरिन्छ । यहि दिवसको अवसर पारेर नेपालमा अप्रिल २४ र २५ मा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)मा विशेष कार्यक्रम गरिएको हो ।जिव विज्ञानका क्षेत्रमा भएका विकास र नयाँ अनुसन्धानका विषयमा प्रस्तुतीसहित प्रदर्शनी समेत गरिएको छ ।

नाष्ट परिसरमा आयोजित कार्यक्रममा सहभागिहरुले डिएनएको आकार बनाएका थिए भने मानव साङ्लो समेत बनाएका थिए । बायोटेक्नोलोजीका विभिन्न कलेजका विधार्थी, सस्था र नेपाल कृषि अनुसन्धान परिषद् लगायतले स्टल राखिएको थियो । कार्यक्रम काठमाडौं विश्वविद्यालय , त्रिभुवन विश्वविद्यालय र नास्ट लगायतको सहयोगमा आयोजना भएको हो ।



दिवसको दिन मंगलबार विभिन्न विधामा उत्कृष्टहरुलाई अवार्ड प्रदान गरिएको छ । लाइफटाइम अचिभमेन्ट र प्रेरणादायी अवार्ड केशवराज राजभण्डारीलाई, बेस्ट बायोटेक स्टुडेन्टको पुरस्कार नितेश श्रेष्ठलाई र रिसर्च साइन्स अवार्ड डा। किशोर पाण्डेलाई प्रदान गरिएको छ ।
यसैगरी, कार्यक्रममा वेष्ट डिएनए डे मोडल अवार्ड काठमाडौं भ्याली कलेजलाई प्रदान गरिएको छ ।



दिवसका अवसारमा जीवन विज्ञानका दक्ष जनशक्तिलाई सरकारी तथा निजी क्षेत्रमा अवसर सृजना गर्नुपर्ने माग राख्दै संकलित हस्ताक्षरलाई सरकार र निजी संस्थाहरुमा बुझाइएको छ ।नेपालमा डिएनए डे मनाउन जैविक प्रविधी समाज नेपालले सुरु गरेको हो । जैविक प्रविधि समाज नेपालले सन् २००८ देखी यो दिवस मनाउन थालेको हो । डिएनए डबल हेलिक्स पत्ता लागेको ५० वर्षको उपलक्ष्यमा सन् २००२ अप्रिल २५ देखी विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics